२०८२ बैशाख ६, शनिबार
File Photo
चितवन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् ।
अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
बुटवलतर्फ बाट आउने सवारीलाई गैँडाकोट नवलपुरमै रोकिएको छ भने चितवनबाट अगाडि जाने सवारीलाई आँपटारीमा रोकेर पहिरो हटाउने कार्य भैरहेको प्रहरीले जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे