२०८२ बैशाख ९, मंगलबार
श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउ बाहेक अरू केही पकाउन नजान्दा श्रीमान् निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए ।
पछिल्लो समयमा अस्वाभाविक कारण जस्तै: तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समयमा सम्बन्ध विच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।
‘दम्पतीले सम्बन्ध विच्छेद गर्नुअघि कम्तीमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ । त्यस्तो कानुन नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।
मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पतीको नाम उल्लेख गरिएको छैन । उनका अनुसार ग्रामीणभन्दा सहरी क्षेत्रमा सम्बन्ध विच्छेद दर बढ्दो छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे