२०८१ मंसिर ९, आईतबार
श्रीधर लामिछाने
पृष्ठभूमि :डिसेम्बर २०११ देखि जून १५ लाई The International Network for the Prevention of Elder Abuse (INPEA) 1997 भन्ने संस्थाको अनुरोधमा संयुक्त राष्ट्रसंघले अन्तरराष्ट्रिय ज्येष्ठनागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवसको रूपमा मनाउने निर्णय गरेको थियो (resolution 66।127)।
विश्वमा सबै भन्दा पहिले INPEA र विश्व स्वास्थ्य संगठनले संयुक्त रूपमा सन् १५ जुन २००६ मा मनाएको थियो। नेपालमा पनि ज्येष्ठ नागरिक सम्बन्धि काम गर्ने संघ संस्था र नेपाल सरकारले यो चेतना दिवस मनाउँदै आएको छ। भलै यो थोरै ठाउँमा सिमित किन नहोस यस वर्ष Combatting Elder Abuse अर्थात् “ज्येष्ठनागरिक दुर्व्यवहार बिरुद्धको लडाई” भन्ने नाराका साथ यो दिवस मनाईँदै छ।
यो सन्दर्भमा १६ जून २०२२ मा रोममा हुन गईरहेको विश्वका मन्त्रिहरुको मन्त्रीस्तरीय बैठक (INPEA Side event UNECE Ministerial Conference on Ageing) ले आगामी दशकका लागि ज्येष्ठ नागरिकहरुको क्षेत्रमा गरिनु पर्ने ५ प्राथमिक काम बारे व्यापक छलफल राखेका छन्। जसको उद्घाटन INPEA की अध्यक्ष सुसन समर ले गर्दै हुनुहुन्छ।आशा छ त्यो बैठकले संसारका ज्येष्ठ नागरिकहरुको मानव अधिकार प्रत्याभूति गर्न एउटा महत्वपूर्ण निर्णय लिनेछ। नेपाली ज्येष्ठ नागरिकहरुको सहयोगको लागि दुर्व्यवहार सम्बन्धि चेतना जगाउनु आवश्यक ठानेर यो लेख तयार गरिएको हो।
ज्येष्ठ नागरिक दुर्व्यवहारको अवस्था: संसार भरि नै समाजमा ज्येष्ठ नागरिक दुर्व्यवहारका घटना दिनानुदिन बढ्दै गएको देखिन्छ सुनिन्छ र पढ्न पाइन्छ। यति सम्मकी कतिपय ज्येष्ठ नागरिकको नातीले हजुरआमालाई खुकुरी रेटेर मार्यो, गोलि हानेर हत्या गर्यो, छोराले भिर बाट खसाल्यो भन्ने सम्मका घटनाहरु दिन प्रतिदिन बढ्दै गएको छन् । कुटपिट हुने उनीहरुको बृद्ध भत्ता जबर्जस्ती खर्च गरिदिने। उनीहरुको आफन्तले उपहार दिएको सामान र रकम अरुले हडप्ने जस्ता घटना प्रचुर मात्रामा छन्। नेपालमा त ज्येष्ठ नागरिकहरुको जिउनी भाग समेत जबरजस्ती वा ललाई फकाई गरेर बिक्रि गर्न बाध्य गराउने जस्ता घटना पनि हाम्रो समाजमा बग्रेल्ती देखिन्छ। उनीहरुलाई एक्लै घरमा छोडी दिने वा हेरचाह गर्न कठिन हुदै गएपछी उनीहरु बाट प्राप्त गर्नु पर्ने धन सम्पत्ती हातपारि सकेपछी वृद्धाश्रम नजिक लगेर छोडिदिने वा सडकमा वस्न बाध्य पार्ने घटना पनि कम छैनन्। अर्को तर्फ नेपालमा खुलेका ज्येष्ठनागरिक हेरचाह केन्द्र वा वृद्धाश्रमहरुमै पनि त्यस्ता शोषण हुने गरेका प्रशस्त उदाहरण देखिन्छ।
यस्तो अवस्था लाई सकभर हुन नदिने वा न्यूनीकरण गर्ने बारे सरोकारवाला संस्थाले ध्यान पुर्याएको छैनन्। एक त ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण नै नकारात्मक रूपमा बदलिएको छ । जतिसुकै ज्येष्ठ नागरिक समाजका ज्युदो इतिहास हुन् भनेर लेख र किताव लेखे पनि उपयुक्त कानुनको अभाव र भएको कानुनको पनि प्रभावकारी कार्यन्वयन नहुनाले घटना घट्ने भन्दा बढ्दो अवस्थामा छ भन्नु अत्युक्ति नहोला। स्मरणीय छ कि अल्जाईमर रोग बाट पीडित वा मानसिक समस्या भएका व्यक्तिहरु अझ धेरै सबै प्रकारको दुर्व्यवहारको शिकार हुन्छन्।
दुर्व्यवहार के हो? : कुनै पनि ज्येष्ठ नागरिकलाई भौतिक, सामाजिक, मानसिक आर्थिक, यौन सम्बन्धि कुनै प्रकारको पिडा दिने चोट पुर्याउने वा कुप्रभाव पार्ने वा हानी पुर्याउने व्यवहार गरियो भने त्यस लाई दुर्व्यवहार भनिन्छ। चाहे त्यो व्यक्तिले वा संस्थाले गरेको होस्। व्यक्ति भन्नाले परिवार सदस्य वा ज्येष्ठ नागरिकको हेरचाह। स्याहार सुसार गर्ने जो सुकै हुन सक्छ। संस्था भन्नाले सरकारी वा गैर सरकारी वा निजि संघ संस्थाका कर्मचारी वा सहयोगी वा स्वयंसेवक भन्ने नै हो।
मोटामोटी रूपमा ज्येष्ठ नागरिकहरू प्रति गरिने मुख्य मुख्य दुर्व्यवहारहरु:-
विद्यमान समयमा नेपाली समाजले अझ भन्ने हो भने नयाँ पुस्ताका राजनीतिक नेतृत्वले त ज्येष्ठ नागरिक प्रति हेर्ने दृष्टि नै बदलेको जस्तो लाग्छ । उनीहरु प्रति मनोसामाजिक व्यवहारनै फरक देखिन्छ र सामुहीक बसाई उठाईमा त्यो प्रकट हुँदैन्। जब एक्लो भयो तव त्यस्ता दुर्व्यव्यवहार देखिन्छन्। उमेरको हद लगाएर उनीहरुको क्षमता र अनुभवलाई वेवास्ता गर्ने क्रम बढेको मात्र हैन अबमुल्यन गरिँदैछ। उदाहरणको रूपमा राजनीतिमा ७० नाघे पछी उनीहरु प्रयोगहिन हुन्छन याने कि काम लाग्दैनन् जस्तो गरिदैछ। मुख्य निर्णयहरुमा साहभागी गरिदैन। तर संसारमा हेर्यो भने धेरै राष्ट्र प्रमुखनै काममा काविल देखिएका छन्। जस्तो अमेरिकाका वर्तमान राष्ट्रपति जो बाईडन, यो भन्दा अघिल्लो राष्ट्रपति पनि त्यस्तै उमेरका थिए। खास भन्न खोजेको कुरा के भने उमेर ले हैन उनीहरुको शारीरिक वा मानसिक अवस्था लाई हेरे टिक्का टिप्पणी र व्यवहार गर्नुपर्छ।अहिलेको नेपाली युवा त सामाजिक संचार माध्यममा हेर्दा भाषण गर्दा सबै बुढाबुढी काम नलाग्ने भन्ने जस्ता अभिव्यक्ति सुनिन्छ। त्यस्ता थुप्रै राष्ट्र प्रमुख देख्न सकिन्छ जो उमेरले धेरै भए पनि कामको हिसावले युवाको जस्तो सक्रिय छन् नयाँ विचार सहित समाजलाई पथ प्रदर्शन गर्छन। गर्दैछन ।
अरु विषयको तुलनामा ज्येष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि अध्ययन कम नै छ। विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा गरेको अध्ययन अनुसार अहिलेको विश्वमा हरेक ६ जना ज्येष्ठ नागरिक मध्य एक जना दुर्व्यवहारबाट पिडित हुन्छन भन्ने देखाएको छ। विश्वका २८ वटा देशमा गरेको अध्ययनले समुदाय स्तरमा भएका दुर्व्यवहार करिब १५.७% छ भने संस्थागत रुपमा भएको दुर्व्यवहार भने झन्डै दुइ तिहाई अर्थात् ६४.२% देखिएको छ। उक्त अध्ययनबाट दुर्व्यवहार धेरै प्रकारका भए पनि मुख्य रूपमा हेर्दा भावनात्मक, भौतिक, आर्थिक, वेवास्ता। अपहेलना र यौनजन्य दुर्व्यवहार गरि ५ समुहमा हेरिएको छ।
दुर्व्यवहार न्यूनीकरणका उपाय:-
उल्लेखित कार्यक्रममा नेपालको उपस्थिति के हुने थाहा छैन । तर नेपालको तर्फ बाट उल्लेखित कुरा बाहेक पनि ज्येष्ठ नागरिक कै विषयमा अहिले सम्म यु एन कन्भेन्सन हुन सकेको छैन त्यसको निमित्त दरो आवाज उठाउन जोड दिनुपर्नेछ। उल्लेखित बाहेक नेपालमा सरकारले यस विषयमा गर्नुपर्ने काम निम्नानुसार छन् :-
हाल: अष्ट्रेलिया
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे