२०८१ माघ १८, शुक्रबार
ipo
कम्पनीको आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार ७३८ जनाको आवेदन रद्ध भएको छ । त्यस अनुसार १७ लाख ८९ हजार १५७ जनाको योग्य आवेदन परेको हाे ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो ।
त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट भएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे