२०८२ बैशाख ९, मंगलबार
जिल्लाको खैरहनी नगरपालिका वडा नं. १ शाहीचोक बस्दै आएकी ३४ वर्षीया कल्पना श्रेष्ठ (रिजाल)को स्थानीय लदरी खोलाले बगाएर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
रत्ननगर वडा नं. १४ माधवपुर घर भै हाल खैरहनी बस्दै आएकी उनि लदरी खोलामा न्यूरो टिप्ने क्रममा चिप्लीएर लड्न पुग्दा खोलाले बगाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको १५ जनाको प्रहरीको टोलिले उनको शव घटनस्थलबाट १० मिटर तल फेला पारेको थियो । मृतक कल्पना श्रेष्ठ (रिजाल)को शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे