२०८१ मंसिर १०, सोमबार
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भरतपुर महानगरपालिकाका १२२ जनाले मात्र खर्च विवरण बुझाएका छन् महानगरमा ५३५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै रत्ननगर नगरपालिकामा ४०६ उम्मेदवारमध्ये ७६, खैरहनी नगरपालिकामा २८४ मध्ये आठ जनाले मात्रै खर्च विवरण बुझाएको उनले जानकारी दिए । राप्ती नगरपालिकाका २६१ उम्मेदवारमध्ये १०, कालिका नगरपािलकाका २१३ उम्मेदवारमध्ये ६६, माडी नगरपालिकाका १५७ मध्ये १२५ र इच्छाकामना गाउँपालिकाका ९४ उम्मेदवारमध्ये चार जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत दुई हजार २७२ जनाले उम्मेदवारी दर्ता गरेकामा ३३२ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । स्थानीय तह निर्वाचन नियमावली ४० को अनुसूची ३० बमोजिम निर्वाचनको अन्तिम मत परिणाम आएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने हुन्छ । विवरण नबुझाउने उम्मेदवारलाई आयोगले सङ्घीय कानुनअनुसार जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको कार्कीले जानकारी दिए । नियमावली अनुसार महानगर प्रमुख र उपप्रमुखले सात लाख ५० हजार, वडाध्यक्ष र सदस्यले तीन लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार, वडाध्यक्ष र सदस्यले दुई लाख ५० हजार, गाउँपालिका प्रमुख र उपप्रमुखले तीन लाख ५० हजार वडाध्यक्ष र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे