२०८१ मंसिर ७, शुक्रबार
सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी छ । बैठक भोलि (मङ्गलबार)सम्म चल्नेछ ।
प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गर्नुभएको थियो ।
आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको साङ्गठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका थिए । गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे