२०८१ मंसिर ८, शनिबार
नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएका बेला आबेमाथि गोली प्रहार भएको बताइएको छ । जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो।
गोली लागेपछि उनी ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो। समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जापानमा हाते बन्दुक प्रतिबन्धित छ। जापानमा यस प्रकारको घटना एकदमै दुर्लभ मानिन्छ।
टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन्।
शिन्जो आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता हुन्। स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए। एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे