२०८१ मंसिर ८, शनिबार
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८४४ जनाको नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप २६० जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ। २४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे