२०८२ बैशाख १०, बुधबार
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटी लिएर छाडेका हुन् ।
पत्रकार आचार्यको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले आठ कर्मचारी विरुद्ध आइतबार अभद्र व्यवहारमा मुद्धा दर्ता गरेको थियो ।
आचार्यले वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नद बहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए।
मदिराको नशामा मातिएर पत्रकार कुट्ने वितरण केन्द्रका कर्मचारीको बचाउमा अरु कर्मचारी लागेका छन् । उनीहरुले मंगलबार विद्युतको कामकाज ठप्प पार्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नासम्म दिए ।
कामकाज ठप्प पारेपछि मंगलबार चर्काे घाममा सेवा लिन वितरण केन्द्रमा पुगेका सेवाग्राही त्यसै फर्किन बाध्य भए । ३१ असारको दिन वितरण केन्द्रको कार्यालयभित्रै कर्मचारीले मदिरा सेवन गरेको सूचना पाएपछि पत्रकार आचार्य रिपोर्टिङका लागि कार्यालय पुगेका थिए । त्यसदिन भरतपुरका अधिकांश स्थानमा मर्मतका लागि भन्दै विद्युत लाइन काटिएको थियो ।
पत्रकार आचार्यले मदिरा सेवन गरेको फोटो खिचेको थाहा पाएपछि वितरण केन्द्रका प्रमुख सिंहको निर्देशनमा मदिरामा मातिएका कर्मचारीले आचार्यलाई लखेटी लखेटी कुटेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे