२०८१ मंसिर ८, शनिबार
सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो आइपीओ छिटोमा साउन २२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गते विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ समेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको संकेत इक्राएनपि इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभैसकेको पूँजी रू. १५ करोड २५ लाख रहेको छ । सर्वसाधारण्मा आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे