२०८१ मंसिर ११, मंगलबार
भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो।
महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
आइतबारदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार नहुने अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटोछरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको हो।”
बिहान ७ बजेदेखि दिउँसो अबेरसम्म बिरामीको भीड लाग्ने तर अब टिकटमा शुल्क नलाग्ने भएपछि चाप कम हुन्छ हुने उहाँले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे