२०८१ मंसिर ८, शनिबार
सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिकास्थित हिउँदेखोलामा ५० मिटर सडक भासिएको हो। सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार गएराति सडक भासिएको हो।
विगत केही महिनायता सामान्य भासिएको सडक गएरातिदेखि चिरा परेर भासिएको हो। सडकको सात मिटर चौडाई र ५० मिटर लम्बाई भासिएको सूचना अधिकारी लम्सालको भनाइ छ।
सडक भासिएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ। तत्कालका लागि सडकमा माटो हालेर यातायात सुचारु गरिएको लम्सालले जानकारी दिनुभयो। पानी पर्नेक्रम नरोकिए सडक ठप्प हुनसक्ने प्रहरीले बताएको छ।
सिद्धार्थ राजमार्गको तिनाउ क्षेत्रमा पटक-पटक जाने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ। यसले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, रुपन्देही, नवलपरासीलगायतका सर्वसाधारण समस्यामा परेका छन्। रेखीराम राना,गोरखापत्र
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे