२०८१ माघ १८, शुक्रबार
ipo
विक्री प्रबन्धक सन्राइज क्यापिटलले सोमवार विहान उक्त आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो।
यस आईपीओ खरिदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । यी आवेदकहरूबाट १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कुल आवेदकहरूमध्ये १ हजार ३ सय १५ जनाको आवेदन रितपूर्वक नभएको भन्द्यै रद्द गरिएको छ । योग्य रहेका १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३६ हजार ८५९ जना आवेदकहरूले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख १ हजार ८९२ जना आवेदकहरूको हात खाली भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे