२०८१ मंसिर ७, शुक्रबार
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना खुलाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले नवलपुर अनलाइनलाई जानकारी दिनुभयो।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले नि:शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत पाठकले आग्रह गर्नुभयो।
नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई तथा पूर्व म्यादी प्रहरीलाई प्राथमिकता दिइने बताएको छ ।
म्यादी प्रहरीका लागि आजदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी कार्यालय कावासोतीमा उपस्थित भई दरखास्त दिन सकिनेछ । जिल्लामा यति नै संख्यामा भनेर म्यादी प्रहरी नतोकिए पनि जिल्ला निर्वाचन कार्यालयबाट एक दुई दिनमा मतदाता नामावली आएपश्चात म्यादी प्रहरीको संख्या टुङ्गो लाग्नेछ। स्थानीय तहको चुनावमा भन्दा एक दुईसयको संख्यामा आवेदन थप माग गरिने पाठकले जानकारी गराउनुभयो।
थप समाचार:
म्यादी प्रहरीमा १ लाख १५ हजार भर्ना खुल्दै, के के छन् सुबिधा?
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे