२०८१ मंसिर ८, शनिबार
वाग्मती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा नियमित र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरुमा प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा कालाबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताए ।
साथै सुरक्षा निकाय समेतको सहभागितामा झैझगडा तथा जुवातास एवम् घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित जाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गरिने छ । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन, सवारी साधनका गति नियन्त्रणका लागि रङ्गरोगनसहितको विशेष, ट्राफिक जाँच गर्ने, प्रमुख राजमार्गमा रात्रिकालीन बेस स्थापना गर्ने योजना रहेको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे