२०८१ मंसिर ७, शुक्रबार
अस्पतालमा सबैभन्दा कम सन् १९९९ मा ७ हजार ९६४ जना बिरामीलाई सेवा दिएको थियो भने सबैभन्दा बढी सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीको उपचार गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार सन् २००० मा ४७ हजार ७०८, सन् २००१ मा ४७ हजार ९२६, सन् २००२ मा ४६ हजार ६८१ बिरामीलाई अस्पताले सेवा दिएको छ ।
यस्तै सन् २००३ मा ५१ हजार १५३, सन् २००४ मा ५० हजार २१३, सन् २००५ मा ६५ हजार ३२७, सन् २००६ मा ६५ हजार ११६ र सन् २००७ मा ६५ हजार ५५० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । यसैगरी सन् २००८ मा ७२ हजार ५६०, सन् २००९ मा ७० हजार ९४३, सन् २०१० मा ८७ हजार ४२, सन् २०११ मा ९० हजार २२, सन् २०१२ मा ९४ हजार ७८८, सन् २०१३ मा ९५ हजार ३२६ र सन् २०१४ मा १ लाख १२ हजार ४७६ जना बिरामीले सेवा लिएको गौतमले जानकारी दिनुभयो ।
सन् २०१५ मा १ लाख १३ हजार ७९९, सन् २०१६ मा १ लाख २१ हजार १३५, सन् २९१७ मा १ लाख २५ हजार ४१, सन् २०१८ मा १ लाख ३७ हजार ८६२, सन् २०१९ मा १ लाख ४५ हजार ७७६, सन् २०२० मा ९० हजार ५७१ र सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना बिरामीले अस्पतालबाट सेवा लिएको तथ्यांले देखाएको छ । सन् २०२० मा कोभिडका कारण बिरामीको संख्या केही घटेको भए पनि अन्य समयमा निरन्तर बिरामीको संख्या बढ्दै गएको देखिन्छ ।
अस्पतालमा उपचार गराउन आउने नयाँ बिरामी मध्ये २५ प्रतिशतमा क्यान्सर हुने गरेको कार्यकारी निर्देशक डा. गौतमको भनाई छ ।अस्पतालमा सन् २०२१ मा उपचार गराउन आएका १ लाख ६४ हजार ५९५ बिरामी मध्ये २५ हजार ४४६ नयाँ बिरामी हुन । नयाँ बिरामी मध्ये ६ हजार ६३ जनामा क्यान्सरका देखिएको थियो ।सन् २०२१ मा अस्पतालमा नयाँ र पुराना गरी ९ हजार २४९ जना भर्ना भएर उपचार सेवा लिएका छन् । यस अवधिमा ३ हजार ९७५ ठूला शल्यक्रिया (मेजर अप्रेशन) गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा यस अवधिमा २ हजार ९४३ जनाले रेडियो थेरापी, १४ हजार ७६१ जनाले डे केयर सेवा लिएका छन् । सन् २०२१ मा संघीय सरकारले क्यान्सर उपचारका लागि उपलब्ध गराउने सहयोगबाट २४ करोड ९३ लाख ३७ हजार ३३० रुपैयाँ बराबरको निःशुल्क सेवा बिरामीले लिएका छन् । यसैगरी बागमती प्रदेश सरकारबाट २८ लाख २१ हजार ४ रुपैयाँ बराबरको निःशुल्क सेवा अस्पतालले दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे