निजामती कर्मचारीकोरुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । थापाकै योजनाअनुसार कांग्रेसबाट बागी बनेका प्रह्लाद क्षेत्री स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा विजयी भएको चर्चासमेत जिल्लामा हुने गरेको छ ।
नगरप्रमुख प्रह्लाद क्षेत्रीले पनि थापालाई सहयोग गर्ने भएका छन् । मनोनयन दर्ता गर्न एकसाथ पुगेका क्षेत्रीपक्षले थापालाई विजयी बनाउन हर कोसिस गर्ने बताए ।
स्थानीय निर्वाचनमा बागी समर्थक र प्रह्लाद क्षेत्रीलाई कांग्रेसले गरेको कारबाही फुकुवा नगरेको भन्दै क्षेत्रीपक्षले स्वतन्त्ररुपमा आफ्नै चुनावी समीकरण बनाएको छ । थापासमेत कांग्रेस निकट हुन् ।