२०८१ मंसिर ७, शुक्रबार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो ।
संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका आधारमा विभागले पानीको नयाँ बजार मूल्य(एमआरपी) तोकेको हो ।
विभागको प्रतिवेदन अनुसार काठमाडौँ उपत्यका भित्र प्रशोधित पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम १६ रुपैया तोकिएको छ । त्यस्तै प्रशोधित पिउने पानीकै २० लिटर प्रतिजार अधिकतम ४७ रुपैंया मूल्य निर्धारण गरिएको छ।
काठमाडौँ उपत्यका बाहिर पिउने पानीको खुद्रा मूल्य प्रतिबोटल अधिकतम २० रुपैँया तोकिएको छ । त्यस्तै प्रशोधित पिउने पानी २० लिटर प्रतिजार अधिकतम ६० रुपैंया मूल्य निर्धारण गरेको हो।
उल्लेखित मूल्यभन्दा बढि रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार बिक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही हुने छ।
विभागले तोकेको मूल्यभन्दा बढी रकम तिरेर पानी खरिदसमेत नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे