२०८२ बैशाख ७, आईतबार
यसैगरी सशस्त्र प्रहरी बलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ पदक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ । यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे