२०८१ मंसिर ७, शुक्रबार
बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए ।
हातको कुहिनो (एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उहाँको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए । जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल भएको हो ।
जनरल सर्जन डा.अर्चन घिमिरे, डा.कमलराज न्यौपाने, डा.जितेन्द्र कण्डेलको टोलीले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे