२०८१ चैत्र १९, मंगलबार
बौदीकाली गाउँपालिकाको धर्मात्मा मावी वडा नं. १ र बुलिङटार गाउँपालिकाको शिव मावी अत्रौली वडा नं ६ मा ११ बजेदेखि नमुना मतदान कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा (भुषाल) ले नवलपुर अनलाइनलाई बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय नवलपुरलका ६ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिसकेको छ। ६ वटा स्थानीय तहमा सम्पन्न नमुना मतदान कार्यक्रममा ३५० बढिले सहभागीता जनाएको उहाँले बताउनुभयो।
मतदान स्थलको निर्माण, स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने, मतदान अधिकृतको हस्ताक्षर लगायतका बिषयहरूमा मतदाताहरूलाई व्यावहारिक ज्ञान सिकाउन आयोगको निर्देशन बमोजिम सबै पालिकामा नमुना मतदान गर्न लागिएको भुषालले जानकारी गराउनुभयो।
नमुना मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद शर्मा (भुषाल) लगायत मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृतहरूको उपस्थिति रहने छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे