२०८१ कार्तिक १६, शुक्रबार
नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ वाक्वाणी माध्यामिक बिद्यालय सेमराहना मतदानस्थलमा खटिएका मतदान अधिकृतलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेयले बताउनुभयो।
रामग्राम नगरपालिका वडा नं. ४ जितपुर स्थायी वतन भई पाल्हिनन्दन गाउँपालिका पशू शाखामा कार्यरत बर्ष ५६ का पृथ्वीराज चौधरीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री बुझ्ने समयमा मुख्य निर्वाचन अधिकृतज्यूसंग अस्वभाविक व्यवहार देखाई विवाद गरेकोले तत्काल प्रहरी टोलीले नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा निजले मादक पदार्थ सेवन गरेको पाईएकोले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ।
चौधरीको सट्टामा बैकल्पिक मतदान अधिकृतलाई पठाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे