२०८१ कार्तिक १६, शुक्रबार
पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो।
ट्रकको पछाडि भागमा ठोक्किएर माइक्रो कुच्चिएपछि घाइते भएका विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ।
३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक थिए।
दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे