२०८१ कार्तिक १६, शुक्रबार
सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरूमा ‘सेल्सबेरी प्रिडिक्ट एण्ड विन २०२२’ नामक क्याम्पेन चलाइरहेको बताएको छ।
यस योजनाअन्तर्गत एक हजार रुपैयाँभन्दा बढीको सामान किनमेल गर्ने ग्राहकहरूले प्रिडिक्ट एण्ड विनमा रहेको प्रश्न ‘कस्ले जित्ला वर्ल्डकप २०२२’ को उत्तर लेख्नुपर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार उक्त प्रश्नको उत्तर दिनेमध्ये एक जनाले एमआई ६५ इन्च एलइडी टिभी जित्नेछन्।
यो अफर सेल्सबेरीका विभिन्न शाखाहरू तथा सेल्सवेज पोखराका शाखाहरूमा लागू हुने कम्पनीले बताएको छ।
यसका साथै कम्पनीले सेल्सबेरी सातदोबाटो, सितापाइला तथा सेल्सवेज चिप्लेढुंगामा ‘किक एण्ड विन’ नामक क्याम्पेन पनि चलाएरहेको बताएको छ।
यस क्याम्पेन अन्तर्गत पाँच हजार रुपैयाँभन्दा बढीको सामान किन्ने ग्राहकले गोलपोष्टमा गोल गरी आकर्षक सामानहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
यी क्याम्पेनहरू कम्पनीले वर्ल्डकप २०२२ को अन्तिम दिनसम्म लागू हुने बताएको छ।सेतोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे