२०८२ बैशाख ६, शनिबार
काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को चार दशमलव २१ प्रतिशत हुन आउने रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
निफ्रा स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत सङ्कलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापित बैंक हो । सञ्चालनको चौथो वर्षमा रहेको यो बैंकले गत असार समान्तसम्ममा रु ३२ अर्ब ८९ को कर्जा स्वीकृत गरेको छ भने रु १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरिसकेको छ । सोही अवधिमा बैंकले रु एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे