२०८२ बैशाख ६, शनिबार
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई ललितपुरस्थित सातदोबाटोबाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेशराज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्ने ३० वर्षीया धनकुमारी ओली रहेका छन् ।
श्रेष्ठले अमेरिकाको प्रतिष्ठित कम्पनीमा लगेर जागिर लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै प्रलोभनमा पारी पीडितबाट १४ लाख सात हजार रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएका थिए ।
धनकुमारीले समेत विभिन्न व्यक्तिहरूलाई पोर्चुगलका प्रतिष्ठित होटेलमा जागिर लगाइदिन्छु प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएकी थिइन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे