२०८२ बैशाख ६, शनिबार
काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल्दै गरेको बेलामा ८ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
उनीहरुले आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी हौं भन्दै होटल र पसल रकम असुल्दै गरेको बेलामा पक्राउ परेका हुन ।
प्रहरीका अनुसार उनीहरुले हालसम्म होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँभन्दा बढी रकम असुलेका छन । अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट, पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे