२०८२ बैशाख ६, शनिबार
त्यस्तै, आज शेयर बजार को परिसूचकांकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । आइतबार एक अर्ब १० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका कम्पनीहरुमध्ये २५ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १८० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी लघुवित्त, समित लघुत्ति र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सीवाइसी लघुवित्तको १० प्रतिशत, समित लघुवित्तको ९.९९ र मैलुङ खोला जलविद्युतको ९.५० प्रतिशतले बढेर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्था र पाँचथर पावरको शेयरमूल्यमा गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतसम्म घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको शेयरको भएको छ । यसको आज १० करोड ९३ लाख भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे