२०८२ बैशाख ६, शनिबार
जिल्ला प्रहरी कार्यालय गुल्मी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेक जाँच गर्दै जाने क्रममा लु २७ प ६०१५ नम्बरको मोटरसाइकल एक ग्यारेजमा शङ्कास्पद अवस्थामा फेला पारी चोरी गरेको आशङ्कामा गुल्मीदरवार गाउँपालिका –६ का १८ वर्षीय घनश्याम टण्डनलाई पक्राउ गरेको हो ।
मङ्सिर १९ गते अर्घाखाँचीको सन्धिखर्कस्थित प्रेम बहादुर खड्काको उक्त मोटरसाइकल हराए पछि प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।
मोटरसाइकल चोरी गर्ने टण्डनलाई पक्राउ गरी अर्घाखाँचीको प्रहरी समक्ष थप कारबाहीका लागि पठाएको गुल्मीका निमित्त प्रहरी प्रमुख डिएसपी माधवराज खरेलले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे