२०८२ बैशाख ६, शनिबार
बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे।
पुस १ गते शुक्रबार घरबाट विद्यालय हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।
बालिकाका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे