२०८१ मंसिर ६, बिहिबार
लाभांश प्रस्ताव सहित् अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय भरपुर, चितवनमा विहान ११ बजे सभा आव्हान गरिएको हो । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कालिका कन्स्ट्रक्सन प्रालि अन्तर्गतको गोरखा जिल्लास्थित दरौदी खोलामा प्रस्तावित ८ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो दरौदी बि. साना जलविद्युत आयोजना र ९ दशमलव ८२ मेगावाटको माथिल्लो दरौदी सि. साना जलविद्युत आयोजना खरीद गर्ने सम्बन्धकमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा छलफल हुनेछ । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे