२०८१ चैत्र ४, सोमबार
मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि सेवा स्थगन भएको छ ।
मनकामना दर्शन प्रा.लि.का अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।
मर्मतका लागि केबलकारको निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरका प्राविधिक आउनुपर्ने भएकाले सेवा अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।
केबलकार बन्द भएपछि मनकामना दर्शनमा जानेहरु पनि मारमा पर्ने भएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे