२०८१ मंसिर ८, शनिबार
बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
यस्तै, बिहान २ बजेर ७ मिनेट जाँदा बाग्लुङकै खुंगा आसपास केन्द्र विन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसपछि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर नै केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको झड्का छिमेकी जिल्लाहरुका साथै भारतीय सीमासम्मै महसुस गरिएको थियो । यी दुवै भूकम्पबाट कुनै क्षति भएको खबर भने आएको छैन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे