२०८१ मंसिर ८, शनिबार
कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते सातौं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा सामना होटल, मकवानपुरमा विहान १० बजे सुरु हुनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४ अर्ब ४० करोडको आधारमा १० दशमलव ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीले तय गरेको बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।
सभामा भाग लिनका लागि समेत पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र योग्य हुनेछन् । कम्पनीले सभाका लागि लाभांश प्रस्तावसँगै आगामी चार वर्षे कार्यकालका लागि कम्तिमा एक जना महिला सहित पाँच जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम तय गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे