२०८१ मंसिर ८, शनिबार
इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फको अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यही पुस ४ देखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो । आवेदन दिएकाहरूलाई १६ माघ २०७९ देखि २७ माघसम्म पहिलो चरणको परीक्षा हुनेछ । त्यसपछि ८ फागुन २०७९ देखि २६ फागुनसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
सन् २०२२ का लागि कृषि तथा पशुपालनतर्फ तोकिएको कोटाभन्दा कम पास भएका थिए । त्यसपछि अहिले सन् २०२२ कै लागि थप माग गरिएको हो । प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ । सीप परीक्षणमा उचाइ, तौल, दृष्टि लगायतका कुराहरू परीक्षण गरिनेहरू परीक्षण गरिनेछ । प्रत्येक चरणको भाषा परीक्षा र सीप परीक्षण सम्पन्न भएपछि मात्रै अन्तिम नतिजा प्रकाशित गरिने शाखाले जनाएको छ ।
यसअघि सन् २०२२ मा छनौटमा परेका नेपाली कामदारहरू कोरिया जाने क्रम जारी रहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि छनौटमा परेका कामदारहरू कोरिया जाने क्रम जारी रहेको निर्देशक कटुवालले बताए । रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे