२०८१ मंसिर ७, शुक्रबार
बुधबार नेप्से ६४.८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलब ८४ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज पाँच अर्ब ४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब भन्दाबढीको बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज चार वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ । नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । जसमध्ये पाँच वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे