२०८१ मंसिर १०, सोमबार
काउन्सिलले नयाँ सूचीकृत अनलाइनहरुका लागि शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्ता समस्या रोक्न सबैको समन्वय हुनु जरुरी भएको उहाँले बताउनुभएको हो।
काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितले जानकारी दिनुभयो। काउन्सिलका अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) अन्तर्गत रहेका पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे प्रष्ट पार्नुभएको थियो ।
काउन्सिलले आयोजना गरेको अभिमूखीकरण कार्यक्रमले पत्रकारहरूलाई समाजप्रतिको उत्तरदायित्व कसरी बहन गर्ने, आफु कसरी जिम्मेवार बन्ने, स्वस्थ पत्रकारिता कसरी गर्ने भन्ने बारेमा सिकाउन खोजेको हो। स्वस्थ, मर्यादित र बिकास तथा परिवर्तनका लागि गरिने पत्रकारिता नै अवको पत्रकारिता हो बस्नेतले कार्यक्रममा बताउनुभयो।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रवक्ता दीपक खनाल, मुख्य अधिकृत झबिन्द्र खनाल, प्रमुख आचार संहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहरा, विषयगत विज्ञका रुपमा राजधानी दैनिकका सम्पादक सागर पण्डितको सहित काउन्सिलमा हालै सूचीकृत ४० जना पत्रकारहरूको उपस्थिति रहेको थियो। जसमा भर्चुअलको माध्यमबाट २३ जना र भौतिक उपस्थिती १७ जना रहेका थिए।
कार्यक्रमको सहजीकरण गर्नुहुँदै काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
काउन्सिलले २०७८ चैत्र ११ देखि नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको शुक्रबार १८ औँ श्रृङ्खला सम्पन्न गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे