२०८१ कार्तिक १६, शुक्रबार
यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन । मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् ।
बैंक अफ काठमाण्डूले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाटै पारित गरिसकेको छ ।
बैंकले चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत सोही दिनको वार्षिक साधारण सभामार्फत पारित गरेको छ ।
यस वर्ष ग्लोबल आइएमई बैंकले चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजारको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यी दुई बैंकहरूका अनुसार मर्जरपछि कुल सम्पत्ति रू. ५ खर्ब ५ अर्बभन्दा बढी, कुल निक्षेप रू. ४ खर्ब १२ अर्बभन्दा बढी र कुल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवाकेन्द्रबाट बैंकले सेवा प्रदान गर्नेछ । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे