२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-३४ बानेश्वर बस्ने ५५ वर्षीय गोविन्दलाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ असार ३ गतेको फैसलाले ५ दिन कैद र १८ लाख ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो ।
गोविन्दलालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे