२०८२ बैशाख ९, मंगलबार
१६ : २४ : २०
खैरहनी नगरपालिका –५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।
उद्घाटनका दिन मंगनीचोकदेखि महोत्सव स्थलसम्म बृहत झाँकीसहितको शोभायात्रा निकालिने चौधरीले बताए।
महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, चित्रकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, डान्स आइडल, पेहनी होड (थारू भाषामा गाउँखाने कथा), आँखा शिबिर, क्यान्सर स्क्रिनिङ, रक्तदान कार्यक्रमका साथसाथै दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने आयोजकको बताएको छ।
महोत्सवमा थारु पहिचान झल्किने खाना, भेषभुषा तथा नृत्य प्रदर्शन गर्नुका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारबाट विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको आयोजकले जानकारी गराएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे