२०८१ मंसिर ८, शनिबार
कर्तव्य ज्यान मुद्दामा फरार कोइरी महोत्तरी क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसद्मा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पनि पटकपटक पक्राउ गर्न निर्देशन दिएका थिए । तर, कोइरी हालसम्म फरार छन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको’ जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’
कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे