२०८१ मंसिर ९, आईतबार
रास्वपाका सभापति लामिछानेले मंगलबार प्रधानमन्त्री र सत्ता गठबन्धनका प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर गठबन्धनको सहमतिअनुसार गृहमन्त्री आफैंले पाउनुपर्ने माग राख्नुभएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीका विषयमा लामिछानेको नागरिकता मुद्दाको पूर्ण पाठ नआउँदासम्म कुनै निर्णय नगर्ने जवाफ दिनुभएको थियो । त्यसपछि एमाले अध्यक्ष ओलीलाई भेटेर पुरानो सहमतिअनुसार नै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।
बालकोटमा भएको भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने धारणा राख्नुभएको ओलीको सचिवालयले जनाएको छ । जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरू पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताएको एमाले स्रोतले बतायो । ‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ’ ओलीको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो, ‘तर, प्रधानमन्त्रीको कुरा हो ।’
रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसमेत सहभागी हुनुभएको थियो । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि फेरि गृह मन्त्रालयमा नै फर्किन खोज्नुभएको छ । तर, गैर सांसदलाई मन्त्री बनाउने कुरामा प्रधानमन्त्री सकारात्मक नभएको माओवादीका नेताहरूले बताए । नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे