२०८१ मंसिर ८, शनिबार
निगमले मूल्य बढाएसँगै पेट्रोल साविकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ । निगमले अन्तराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पद्धार्थको मूल्यमा आएको उतार चढावले विगत लामो समयदेखि निगम संचित नोक्सानीमा संचालन हुँदै आएको जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट माघ १८ मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ ६१ पैसा बढाएको उल्लेख छ । ग्यासमा भने मूल्य केही घटेको जनाएको छ । निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ । वृद्धि भएको मूल्य आज राति १२ बजेबाट लागू हूने निगमको विज्ञप्तिमा उल्लेख छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे