२०८१ फागुन ११, आईतबार
यी बैंकहरु मध्ये प्रभु बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकलाई समान ५०÷५० लाख रुपैयाँ गरी कूल २ करोड रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । यी बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकाले जरिवाना गरिएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को कार्यान्वयनको सम्बन्धमा क्यापिटल एकुरेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएकाले पहिलोपटक चेतावनी दिइएको जनाएको छ । भने, सानिमा बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उल्लंघन हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई थप सुविधा प्रदान गरेको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) (क) अनुसार बैंकलाई सचेत गराइएको जनाएको छ । रातोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे