२०८१ मंसिर ७, शुक्रबार
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ स्थित कैलाश कोल्ड स्टोर भित्र मिति सकिएको बोराबाट नयाँ मिति भएको बोरामा रि–प्याकिङ्गका लागि ठिक्क पारिएको अवस्थामा सो मिति सकिएको चना र ओख्खर फेला परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । माघ १८ गते नै सामान राखिएको सो कोल्डस्टोरमा सिलबन्दी गरी थप अनुसन्धान पश्चात खान अयोग्य चना र ओख्खर बरामद गरी नष्ट गरिएको बाणिज्य कार्यालय पर्साले पनि जनाएको छ । बाणिज्य कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त टोलीले छापा मारी अनुसन्धान पश्चात कसुर भेटिपछि ६ सय ५२ बोरा चना र २० बोरा ओख्खर बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
बजार मूल्य अनुसार करिब १७ लाख ६० हजार ४ सय मूल्यको चना र २ लाख २० हजार को ओख्खर गरी कुल १९ लाख ८० हजारको रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मंगलबार राती करिब १२÷१ बजेसम्ममा बरामद गर्न समय लागेकोले बुधबार स्थानीय प्रहरी, प्रशासन, बाणिज्यका प्रतिनिधी, संचारकर्मी, र अधिकारकर्मीको रोहबरमा सो सामान नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
चना र ओख्खर पवन कुमार साह भन्ने बाराको श्री कृष्णा आधुनिक दाल उद्योगको रहेको खुलेको छ । चनाको एउटा बोरामा २५ केजी तौल रहेको उल्लेख गरिएको छ । सो चना प्रयोग गर्न मिल्ने सयम गएको २०७७ साल ८ महिनासम्म मात्र रहेको बोरामा नै मिति उल्लेख गरिएको छ । यसको अतिरिक्त मिति नयाँ राखेर रि–प्याकिङ्ग गरिरहेको पाइएपछि खानका लागि अयोग्य चना र ओख्खर नष्ट गर्न परेको बाणिज्य कार्यालय पर्साका मधुरेश प्रसाद साहले बताए ।
‘सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गर्दै मिति सकिएको चना कोल्ड स्टोरमा पल्टी गरी राख्दै गरेको भेटियो । सर्वसाधारणको स्वास्थ्यसँग ठगी गर्ने कार्य गर्न कसैलाई छुट छैन । अन्ततः कानून अनुसार अनुसन्धान र थप प्रकृया अगाडी बढाइएको छ ।’ जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे