२०८१ कार्तिक २०, मंगलबार
निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् ।
अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ ।
निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ ।
त्यस्तै सेवाप्रदायकको हकमा भने सञ्चार सुविधा उपलब्ध गराउन स्याटेलाइट सेवा प्रदायकसँग सम्झौता गरेको हुनुपर्नेछ । सेवाप्रदायकले हवाईजहाजभित्र कुनै किसिमको उपकरण जडान गर्नुपर्ने अवस्थामा भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हुनुपर्नेछ ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे