२०८१ मंसिर ७, शुक्रबार
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको आईपीओ छिटोमा फागुन १० गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन १८ गतेसम्म विक्री लम्बिनेछ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
यस कम्पनीले ओखलढुङ्गा जिल्लामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ । यस आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ४५ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २० करोडभन्दा बढी छ । आर्थिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे