२०८१ मंसिर ८, शनिबार
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म ग्यास सिलिन्डर विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको पाइएको हो ।
नौ जनाको मृत्यु, ४२ घाइते
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी पोषराज पोखरेलले आर्थिक वर्ष २०७७÷७८ देखि हालसम्म एलपी ग्याससम्बन्धी विस्फोटका घटनामा परेर नौ जनाको ज्यान गएको र ४२ जना घाइते भएको तथ्यांक रहेको जानकारी दिएका हुन् ।
‘विगतका तीनवटा आर्थिक वर्षमा ग्यास सम्बन्धित विस्फोटका ३४ वटा घटनामा परेर नौ जनाको ज्यान गएको देखिन्छ ती घटनामा ४२ जना घाइते भएको तथ्यांक छ,’ केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोखरेलले राजधानीसँग भने ।
प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार आर्थिक वर्ष २०७८÷७९ मा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका १३ वटा र त्यसअघि १० वटा घटना भएको प्रहरी रेकर्ड छ ।
यस्तै, चालू आर्थिक वर्षको साउनयताको अवधिमा मात्रै देशका विभिन्न स्थानमा ग्यास सिलिन्डरसँग सम्बन्धित आगलागी र विस्फोटका ११ वटा घटना भएको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे