२०८१ मंसिर ७, शुक्रबार
नेशनल बर्न्स सेन्टरका चिकित्सक डा सुनिल केसवानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन्।
पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ। कँडेलका अनुसार भण्डारीलाई ४८ घण्टा भेन्टिलेटरमा राखेर उपचार गरिने भनेर चिकित्सकले जानकारी दिएका छन्।
नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। चिकित्सकहरुले आज शुक्रबार बिहान १०:३० बजे पहिलो सर्जरी गर्ने जानकारी दिएका छन्। यस्तै, दिउँसो १:३० बजे दोस्रो सर्जरी गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए।
भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत् भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो।
नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो। नेपाल लाईभबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे